logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि


अंकुरण खबर
845
Shares

नेपालमा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २४८ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १ सय २१ जना घर फर्किएका छन्।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।