logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो


अंकुरण खबर
884
Shares

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि स्टार अस्पताल सानेपामा भर्ना भएका थिए । उनको १३ गते स्वाब संकलनका लागि पठाइएको र सोही दिन उनको मृत्यु भएको थियो ।

उनको असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ । उनी विगत तीन महिनादेखि श्वासप्रश्वासको समस्याबाट ग्रसित भएको बताइएको छ ।

उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।