सतारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने आजको बैठक सीमा क्षेत्रमा देखिएको समस्या र समाधान बारेको छलफलमा केन्द्रित हुने छ।
गत असार १० गते सुरु भएको बैठकमा विभिन्न समसामयिक विषयहरु छलफलका एजेण्डा छन्। कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डामा स्थायी कमिटी बैठकमा छलफल हुँदैछ।
१३ असारको बैठकमा नेपाल-भारत सीमा विवादको विषयमा छलफल भएको थियो। स्थायी कमिटी सदस्यहरूले सीमा समस्या र समाधानका लागि सरकारले गरिरहेको कामबारे आ-आफ्नो विचार राखेका थिए।