आज देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै भएकाले प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन सहित ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
ठूलो पानी पर्दा बाढी, पहिरो जाने, कतिपय ठाउँमा डुबान समेत हुन सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको हो । देशका अरु ठाउँमा भने आज दिउँसो पछि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो र अरु ठाउँमा सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।