logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित काठमाडौंबाट दुई जना पक्राउ


अंकुरण खबर
1.313K
Shares

स्रोत नखुलेको ६५ लाख आठ हजार रुपैयाँ सहित दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

उनका अनुसार अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।