पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको समयमा आज भने सुनको मुल्यमा एक सयले घटेको छ ।
आज मंगलबार छापावाला सुन प्रतितोला १ सयले घटेर ९१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो ।
आज तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ ले कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मुल्य भने यथावत रही प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।