logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पामा पनि देखियो सलह


अंकुरण खबर
1.014K
Shares

नेपालको विभिन्न जिल्लाहरूमा भित्रिएको सलह कीरा रोल्पामा पनि देखिन थालेको छ।

यस भन्दा अगाडि रोल्पामा नदेखिने हेर्दा फटयांग्रोजस्तो देखिने नयाँ प्रजातिको यो कीरा केही दिन अघिदेखि रोल्पाका विभिन्न स्थानहरुमा फेला पर्न थालेको हो ।

गाउँ लगायत बजारहरुमा समेत घरका भित्ता तथा सडकहरुमा सलह देखा परेको छ। लाखौँको संख्यामा सम्म झुन्ड बनाएर हिड्ने सलह कीरा रोल्पामा भने थोरैको संख्यामा बसेको तथा उडेको पाइन्छ।

सलह किरा देखा परेसँगै रोल्पाका किसानहरुमा बालीनाली सखाप पार्ने हो कि भन्ने चिन्ता समेत बढेको छ।