logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थपिए १८ हजारभन्दा बढी कोरोना संक्रमित, पछिल्लो चौबीस घण्टामा ४१८ को मृत्यु


अंकुरण खबर
962
Shares

भारतमा पछिल्लो चौबीस घण्टामा १८ हजारभन्दा बढी कोरोना संक्रमति थपिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार पाँच सय २२ संक्रमति थपिएका पुष्टि गरेको हो ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार सय १८ संक्रमितको मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार आठ सय ९३ पुगेको छ ।

सरकारी तथ्यांकअनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख ६६ हजार आठ सय ४० पुगेको छ । जसमध्ये तीन लाख ३४ हजार आठ सय २२ जना उपचारपछि निको भएका छन् । बीबीसी