नेप्सेमा पुन: दोस्रो पटक ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।
अव शेयर कारोबार ४० मिनेटको लागि बन्द हुनेछ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेट पछि खुलेको बजारमा पुन: खरीद चाप अत्याधिक भएकाले पुन: सर्किट लागेको हो ।
नेप्से सूचक १२ बजेर १७ मिनेट जाँदा ५ दशमलव शून्य ४ प्रतिशत अर्थात ५९ दशमलव ८७ अंकले बढेर १ हजार २४८ दशमलव ५७ विन्दुमा पुगेको छ । यस अवधिमा १२९ ओटा कम्पनीको रू.१८ करोड ८१ लाख बरावरको शेयर खरीदविक्री भएको छ ।