logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विभिन्न देशबाट मंगलबार ९७१ नेपाली स्वदेश आइपुगे


अंकुरण खबर
2.509K
Shares

कोरोनाबाट असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरूको उद्धार उडान धमाधम भइरहेको छ ।

विभिन्न माध्यमबाट नेपाल फर्कनका लागि राजदूतावासमा नाम टिपाएका ९७१ जना नेपालीहरू मंगलबार स्वदेश फर्किएका हुन् ।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत मंगलबार ३० जुनमा दोहाबाट काठमाडौंका लागि नेपाल वायुसेवाको आरए २३९२ को उडानबाट २६२ जना स्वदेश फर्कएका हुन् ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार नेपाल फर्किनेमा २१ जना महिला र २४१ जना पुरुष रहेका छन् । दोहामा कोविड-१९ कै समयमा विभिन्न कारणले मृत्यु भएका १० जना नेपालीको शव पनि सोही उडानबाट नेपाल ल्याइएको छ ।

साथै मंगलबार नेपाल एअरलाइन्समार्फत् क्वालालम्पुरबाट १४६ जना, दुवाइबाट २६१ जना र एउटा शव, कुवेतबाट १४९ जना स्वदेश फर्किएका छन् । हिमालयन एयरलायन्समार्फत् साउदीको दमामबाट १५३ जना स्वदेश फर्किएको नागरिक उड्डयन प्राधिकरण नेपालका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।