logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अज्ञात समूहद्वारा कार्यालयमै वडाध्यक्षमाथि खुकुरी प्रहार


अंकुरण खबर
663
Shares

दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ ।

मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको छ ।

चार-पाँच जनाको समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको उनले बताए । उनलाई अहिले तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको छ ।

डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।