logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
754
Shares

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति सार्वजनिक गर्दै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १२ जना र भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थप भएका सङ्क्रमितहरू रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना, बाँकेका एकजना, डोल्पाका दुईजना र कालिकोटका दुईजना छन् ।

योसँगै कर्णाली प्रदेशमा हालसम्म १ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७२ जना निको भएका छन् ।