प्रदेश १ मा कोरोना भाइरस कोभिड-१९ का ११ जना नयाँ संक्रमित थपिएका छन् ।
मंगलबार २ महिला र ९ पुरुष गरि ११ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापामा ५, संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनाको पीसीआर परिक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो।
झापाको मेचीनगर नगरपालिकामा १, कनकाई नगरपालिकामा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोभिड १९ पुष्टि भएको हो।
यससंगै प्रदेशमा हालसम्म संक्रमितको संख्या ५ सय ७८ पुगेको छ। अर्कोतर्फ प्रदेशमा ८ जना सफल उपचारपछि डिस्चार्ज भएका छन्।