दाङको तुलसीपुर उपमहानगरपालिकाका एक वडा अध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पीसीआर परीक्षणमा वडा अध्यक्षसहित दाङमा थप २१ जनामा कोरोना पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्षमा कोरोना पुष्टि भएको छ । मंगलबार तुलसीपुरका ६ जना, शान्तिनगरका ४ जना र घोराहीका ११ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै सल्यानका दुईजनामा पनि कोरोना पुष्टि भएको छ ।