logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसईईको नतिजा साउन १५ भित्र प्रकाशन गर्ने तयारी


अंकुरण खबर
1.079K
Shares

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले नेपाल समयसँग कुरा गर्दै विगतमा जस्तै गरी नतिजा प्रकाशन गरिने जानकारी दिएका हुन्।

बोर्डले असार २० गतेभित्र विद्यार्थीले प्राप्त गरेको प्राप्तङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउन विद्यालयलाई आग्रह गरेको छ।

बोर्डले अनलाइनमार्फत् विद्यालयले नतिजा पठाउन सक्ने व्यवस्था गरेको छ।

कक्षा ११ को परीक्षा के गर्ने भन्नेबारे अध्ययन भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए। उनले भने, “समितिले अध्ययन गरिरहेको छ, त्यसको प्रतिवेदनको आधारमा बोर्डले निर्णय गर्छ।”