logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पटिल्लो २४ घण्टामा ६० जना संक्रमण मुक्त


अंकुरण खबर
585
Shares

संख्या पछिल्लो २४ घण्टामा देशभरबाट ६० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

तीमध्ये महिला ९ र ५१ जना पुरुष छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लाका एक पुरुष, आइसोलेसन सेन्टर पिपरा कोहलपुर बाँकेबाट एक पुरुष, साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५ पुरुष, अल्पमाई नर्सिङ इन्टिस्च्यूट सर्लाहीबाट १५ पुरुष, गण्डक अस्पताल पर्साबाट दुई पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट चार  पुरुष डिस्चार्ज भएका छन् ।

त्यस्तै कोशी अस्पताल विराटनगरबाट झापाका चार महिला र दुई पुरुष, मोरङका ३ महिला २ दुई पुरुष, पाँचथरका एक महिला, सुनसरीका एक महिला र एक पुरुष र विपी कोइराला स्वास्थ्य विज्ञान धरानबाट मोरङबाट ८ पुरुष संक्रमणमुक्त भएका छन्।

देशभरबाट हालसम्म तीन हजार १ सय ९४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २७७ र २ हजार ९ सय १७ जना पुरुष रहेका छन्।