logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्दै


अंकुरण खबर
962
Shares

नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । आज प्रधानमन्त्री निवास वालुवजाटारमा ११ बजे देखि वैठक वस्न लागेको हो ।

हिजो बसेको स्थायी कमिटीको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने माग औपचारिक रुपमा प्रवेश भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

सोमबार मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीलाई नेताहरुले त्यस विषयमा स्पष्टिकरण मागेका थिए ।

प्रधानमन्त्री ओलीले स्थायी समितिमा भएका कुराहरु भारतीय मिडियामा जस्ताको तस्तै आएको सुनाउँदै भारतले आफूलाई हटाउन लागेको दोहोर्‍याएका थिए । त्यसपछि अध्यक्ष दाहालले तपाईको राजिनामा भारतले होइन मैले मागेको हो भन्दै प्रधानमन्त्री र अध्यक्ष पद दुवै छाड्नुस भनेका थिए ।

बैठक मूलतः प्रधानमन्त्रीको सोमबारको अभिव्यक्ति र प्रधानमन्त्रीबाट पार्टीका नेताले मागेको स्पष्टीकरणमा केन्द्रीत रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।