नेप्सेमा आज बुधबार पनि सर्किट ब्रेक लागेको छ ।
कारोवार खुलेको पहिलो ३५ मिनेटमा नै नेप्से पाँच प्रतिसतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लगाईएको हो ।
यस अवधिसम्ममा नेप्से ६३ दसमलव छ अंकले बढेर १३ सय २३ दसमलव ८१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव २१ अंकले बढेर दुई सय ८४ दसमलव १३ अंकमा पुगेको छ ।
एक सय १० वटा कम्पनीहरुको दुई हजार ३० वटा कारोवारमा छ लाख ९० हजार सात सय ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १८ करोड ६६ लाख ७९ हजार चार सय एक एक रुपैयाँ पुगेको छ ।
होटल बाहेक सबै समुहको सुचक बढेको छ ।