नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । यो सुनको मुल्य हाल सम्मकै उच्च हो ।
हिजो छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ कारोबार भइरहेको छ। चाँदी पनि आज प्रतितोला १५ रुपैयाँले बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
लकडाउनपछि कारोबार खुलेको सुनको मूल्यले पछिल्लो समय प्रायस् दैनिकजसो नयाँ कीर्तिमान कायम गर्दै आएको छ।