रुकुम पश्चिमका थप ८ जनाका कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा विभागले प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो । विज्ञप्तिअनुसार कोरोना भाइरस संक्रमण हुनेमा ८ जना नै रुकुम पश्चिम चौरजहारी नगरपालिकाका छन् ।
उनीहरू नगरपालिकाको वडा नम्बर १,३ र ९ का ८ देखि ५० वर्ष उमेर समूहका छन् । जसमा एकजना महिला छन् ।
उनीहरू सबैलाई चौरजहारी अस्पतालको आइसोलेसनमा राखिएको छ ।