सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आज थपिएका संक्रमितमा दुई जना कैलाली र एक जना बैतडीका हुन्।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– ५ का ६० वर्षीय महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडा केदारमा २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
योसहित सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार ४८६ पुगेको छ।