logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमालयन एयरलाइन्सका पाइलटमा कोरोना संक्रमण


अंकुरण खबर
988
Shares

हिमालय एयरलाइन्सका एक जना पाइलटमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना मेक्सिकन पाइलटमा कोरोनाको संक्रमण पुष्टि भएको हिमायल एयरलायन्स स्रोतले जनाएको छ ।

सानो गौचरनस्थित अपार्टमेन्टमा बस्दै आएका ती पाइलट हिमालय एयरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन हुन्। संक्रमित पाइलट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ।

बन्दाबन्दी यतामात्रै हिमालय एयरलाइन्सले ४० भन्दा बढी उद्धार उडान गरिसकेको छ।