logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा जुवा खेलिरहेका सात जना पक्राउ


अंकुरण खबर
650
Shares

कैलालीमा जुवा खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार लम्कीचुहा नगरपालिका-६ स्थित चोरीपुरबाट प्रहरीले दुई लाख ५९ हजार ७ सय रूपैयाँसहित सात जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरू पुरानो कुखुराको खोरमा जुवा खेलिरहेका थिए। उनीहरूबाट प्रहरीले ८ थान मोबाइल समेत बरामद गरेको छ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय दीपक भण्डारी, २७ वर्षीय प्रकाश शाही, ३२ वर्षीय प्रजिन राई, ३४ वर्षीय कृष्ण विष्ट, ४० वर्षीय नवल बुढा, ३९ वर्षीय नर बहादुर शाही र टिकापुर नगरपालिकाका ३० वर्षीय प्रकाश खड्का छन्।