नेपालमा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ हजार ४६ पुगेको छ । संक्रमितमध्ये हालसम्म ४ हजार ६ सय ५६ जना निको भएर घर फर्किएका छन्।
आज मात्रै कोरोनालाई जितेर १४ सय ६२ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।