देशभर संक्रमणबाट मुक्त हुनेको संख्या बुधबार अहिलेसम्मकै उच्च रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार आजमात्रै १४ सय ६२ जना निको भएका हुन् । अहिलेसम्म देशभर ४ हजार ६ सय ५६ पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।
त्यस्तै बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म देशभर कूल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पुष्टि भएको छ । कूूल संक्रमितमध्ये महिला १ हजार ७ सय ७४ र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।
कोरोनाबाट बुधबार थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यो सँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।