logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

शेयर बजारमा सकारात्मक उछाल


अंकुरण खबर
1.222K
Shares

शेयर बजारमा बुधबार पनि उछाल आएको छ ।

लकडाउनपछि तेश्रो दिन अधिकांश सूचकमा हरियो बत्ती बलेपछि बुधबार बजार खुलेको एक घण्टा २३ मिनेटमा सर्किट ब्रेक लागेको छ ।

बुधबार नेप्से ७५ दशमलब ७७ अंकले बढेर एक हजार ३ सय ३६ दशमलब ५३ अंकमा उक्लिएको छ । यसअघि मंगलबार पनि पोजेटिभ सर्किट लागेको थियो ।

कोरोना भाइरसका कारण तीन महिनापछि खुलेको बजार पहिलो दिन ‘सोमबार भने १२ अंकले घटेको थियो ।

बुधबार ३ हजार ८ सय ९० कारोबारबाट ११ लाख १ हजार २ कित्ता सेयर खरिद बिक्री हुँदा ४० करोड ७३ लाख ५२ हजार २ सय ४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।