प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सहिद गंगालाल हृदय केन्द्र बाँसबारी पुगेका छन्।
बुधबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली बाँसबारीस्थित हृदय केन्द्रमा पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
केही समयअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृर्गौला प्रत्यारोपण गरिएको थियो।