logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रुकुममा चिर्पटले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या


अंकुरण खबर
2.47K
Shares

रुकुम (पूर्व) मा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन्।

श्रीमतीले चिर्पटले हान्दा श्रीमानको ज्यान गएको हो। सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो।

पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए।

उनका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ। मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ। धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए।

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ। रासस