logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना


अंकुरण खबर
741
Shares

जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै देशभर आंशिक देखि भारी वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश ५, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भईरहेको छ।

आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

त्यस्तै आज राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेशका, प्रदेश ५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।