गण्डकी प्रदेशको ४ जिल्लामा आज विहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाकटर विनोद बिन्दु शर्माका अनुसार तनहुँमा ३, स्याङजामा २, बाग्लुङमा १ र पर्वतमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशक शर्माको जानकारी दिए । थपिएका आठै जना पुरुष हुन ।
यो संगै गण्डकीमा संक्रमितको संख्या १ हाजर १४ पुगेको छ ।