logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक  


अंकुरण खबर
806
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

मन्त्रीपरिषद बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुनेछ । स्थायी समिति बैठकका विच मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।

आकस्मिक बैठक बोलाइएकाले मन्त्रीपरिषदका एजेण्डाका बारेमा केही जानकारी गराइएको छैन । सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको समयमा केही दिनदेखि गुटगत भेला तीव्र भएका छन् ।

बुधबार अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्षको ललितपुरमा भेला भएको थियो । विहान दाहालले ओली निकट नेतासँग परामर्श गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार स्थायी कमिटीमा रहेका मन्त्रीहरुसँग पनि परामर्श गरेका थिए ।