logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँचीमा ८९ जना कोरोना मुक्त


अंकुरण खबर
806
Shares

अर्घाखाँचीमा ८९ जना कोरोना जितेर घर फर्किएका छन् ।

आइसोलेशनमा बसेका ८९ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र युवावर्ष रविचित्र मावि हटारीनेटामा रहेको आइसोलेशनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योती माविको आइसोलेशनमा रहेका ३८ जना गरी ८९ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ ।

उनीहरुलाई दुइ हप्ता होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ ।

जिल्लामा तीन सय १२ जना कोरोना संक्रमित छन् । दुई जनाको मृत्यु भइसकेको छ । भारतबाट आएका ८ सय ५१ जना क्वारेन्टिनमा बसेका छन् ।