राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन्।
प्रधानमन्त्री ओली आधा घन्टा अघि राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन।
राष्ट्रपतिलाई भेटेर फर्किए लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। केहीबेरमै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जनाएको छ। प्रधानमन्त्रीको सचिवालयले नियमित मन्त्रिपरिषद् बैठक भनेको छ।
नेकपा शीर्ष नेताहरु पनि बालुवाटार पुगेका छन्। बालुवाटारमै आज नेकपा सचिवालय बैठक पनि बोलाएको छ।
बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतका नेता बालुवाटार पुगेका हुन्।
यस अघि प्रचण्डले प्रधानमन्त्री ओली निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका थिए।