सर्लाहीमा बिहीबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
चट्याङ लागेर बागमती नगरपालिका वडा नं. १० का १८ वर्षीय छोटु पासवानको मृत्यु भएको हो।
सोही वडाकी कमला देवी मुखिया घाइते भएकी छन् । वडा नं. ८ की सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको अवस्थामा पासवान र मुखियालाई चटयाङ लागेको थियो।
चटयाङबाट घाइते बनेका दुबै जनालाई उपचारका लागि बरहथवा लैजाँदै गर्दा पासवानको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पासवानको अवस्था भने समान्य रहेको छ।
त्यस्तै पश्चिमी क्षेत्रमा पर्ने बलरा नगरपालिका १ का ३५ वर्षीय बरुण सहनी पनि चट्याङ लागेर घाइते बनेका छन्।
सहनीलाई उपचारका लागि भारतको सीतामढीतर्फ लगिएको प्रहरीले जनाएको छ।