logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य


अंकुरण खबर
1.365K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन (प्रतिनिधि र राष्ट्रियसभा) को चालु अधिवेशन अन्त्य गरेकी छिन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार साँझ ५ बजेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्। संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयले संघीय संसद सचिवालयमा पठाएको छ।

‘संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन बिहीबार साँझ ५ बजेदेखि अन्त्य गरेको छु,’ राष्ट्रपति भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनमो अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।