logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.339K
Shares

सुदूरपश्चिममा थप २६ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कैलालीका १७, अछामका ६ र कञ्चनपुरका ३ जना छन्।

पछिल्लो २४ घन्टामा धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो। अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा २०९ जनाको कोरोना परीक्षण गरिएको छ।