logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४,५१९ पुग्यो


अंकुरण खबर
1.482K
Shares

नेपालमा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ हजार ५ सय १९ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५ हजार ३ सय २० जना निको भएर घर फर्किएका छन्।

आज मात्रै कोरोनालाई जितेर ६६४ जना घर फर्किएका छन्।