logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४७ दिने शिशुको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो


अंकुरण खबर
1.404K
Shares

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो ।

श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो ।

ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बिहीबार नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिए ।

अस्पताल भर्ना भएपछि शल्यक्रिया गर्नुअघि ‘पीसीआर’ परीक्षण गर्दा शिशुमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।