सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जारी स्थायी समिति बैठक दुई दिनका लागि स्थगित भएको छ ।
बिहीबार बसेको बैठक केही बेरमै स्थगित भएको हो । यसअघि ११ बजे बसेको बैठकको बीचमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भएको थियो ।
त्यसपछि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । उनी शीतल निवासबाट फर्किएपछि बैठक सुरु भएको केही बेरमै स्थगित भएको हो ।
अर्को बैठक शनिबार ११ बजेका लागि डाकिएको छ ।