logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल एयरलाइन्स सेना लिएर अफ्रिका जादैँ


अंकुरण खबर
1.404K
Shares

नेपाल एयरलाइन्सले अफ्रिकाका दुई मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ ।

संयुक्त राष्ट्र संघको आहृवानमा सेन्ट्रल अफ्रिकन रिपब्लक र मालीमा खटिने नेपाली सेनाका जवानलाई लिएर जहाज ती मुलुक जाने भएको हो ।

त्यहाँबाट फर्कने क्रममा भने ती स्थानमा आफ्नो अवधि पुरा गरेका सैनिकलाई नेपाल ल्याउने भएको छ । यी दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको छ ।

सम्झौताअनुसार दुबै उडान ८ जुलाईमा हुने भएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट सैनिक लिएर दोहा पुग्नेछ ।

त्यहाँ इन्धन थप गरी जहाज सेन्ट्रल अफ्रिकन रिपब्लक पुगेर सैनिक झार्नेछ । त्यसपछि बाँकी सैनिक लिएर जहाज माली पुग्नेछ ।

मालीमा सैनिक झारेपछि सिधै काठमाडौं आउनेछ ।