logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थपिए ६ नयाँ कोरोना संक्रमित


अंकुरण खबर
702
Shares

कर्णाली प्रदेशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएका भन्दा डिस्चार्ज हुनेको संख्या बढी रहेको छ ।

कर्णालीमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४९ जना डिस्चार्ज भएका छन् ।

भेरी अस्पताल नेपालगञ्ज बाँके र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सुर्खेतका ३ जना, दैलेख, कालीकोट र स्याङजाका एकरएक जना रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय ७४ पुगेको छ ।

साथै डिस्चार्ज हुनेको संख्या ११ सय २७ पुगेको छ । हाल आइसोलेसनमा तीन सय ४१ जना रहेका छन् ।