logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै संक्रमित थपिए


अंकुरण खबर
728
Shares

भारतमा एकै दिन संक्रमित हुनेको संख्यामा रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घन्टामा २१ हजार ९ सय ४८ जनालाई संक्रमण देखिएपछि भारतमा हालसम्म ६ लाख २७ हजार १ सय ६८ संक्रमित पुगेका छन् । भारतमा हालसम्म १८ हजार २ सय २५ को मृत्युु भइसकेको छ भने ३ लाख ७९ हजार ९ सय २ जना उपचारपछि निको भइसकेका छन् ।

यससँगै भारतले हालसम्मको संक्रमितको संख्यामा तेस्रो स्थानमा रहेको रसियालाई पछ्याएको छ । रसियामा हालसम्म ६ लाख ६१ हजार १ सय ६५ मा संक्रमण देखिएको छ भने ९ हजार ६ सय ८३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४ लाख २८ हजार ९ सय ७८ जना निको भइसकेका छन् ।

विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ६९ हजार १ सय ४३ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र २ लाख ३ हजार ५ सय ८६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै हालसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार १ सय ३८ पुगेको छ भने पछिल्लो २४ घन्टामा ५ हजार ५१ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म ६१ लाख २८ हजार ४ सय ३१ जना कोरोनाको उपचारपछि कोरोनामुक्त भइसकेका छन् ।