logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुको मृत्यु, तीन जना बेपत्ता


अंकुरण खबर
858
Shares

गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुको मृत्यु भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका हस्तिचौरकी १८ महिनाकी शिशु बसन्ता सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

पहिरोमा पुरिएर तीन जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिकामा र मुसिकोट नगरपालिकाका विभिन्न स्थानहरुमा पहिरो गएको छ । त्यस्तै मुसीकोट नगरपालिका वार्ड नंम्बर २ का बिभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको छ ।

पात्लाकोट, खस्कोट, देउराली, दुर्लुङमा एक दर्जन भन्दा बढी घर गोठ र पशु चौपायालाई बगाएको छ । सोहि वार्डमा हरिप्रसाद घिमिरेको पसल बगाउँदा १ जना बेपत्ता भएका छन् ।

पहिरोको कारण सडकहरु अवरुद्ध हुँदा उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।