logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.586K
Shares

गुल्मीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको धुर्कोट गाउँपालिकामा ४ जना, छत्रकोट गाउँपालिकामा ३ र १ जना ठेगाना नखुलेको गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका छन् । क्वारेन्टाइनमा बसेकामा कोरोना भाइरस चेक जाँच गर्न आरडीटी पोजिटिभ आए मात्रै पीसीआर गर्ने गरिएको छ ।

थपिएका संक्रमित अनुसार जिल्लामा ३ सय ३२ जना पुगेका छन् । संक्रमित कुल ८७ जना कोरोनामुक्त भएर घर फर्केका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।