logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे वडाध्यक्ष


अंकुरण खबर
1.222K
Shares

स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई पक्राउ गरेको हो ।

मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोग उनीमाथि छ ।

मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोप लागेपछि वडाध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर थापाले बताए ।

‘वडाध्यक्षलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

महिलामाथि वडाध्यक्षले दुर्व्यवहारको गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव घेराउ गर्दै नाराबाजी गरेका गरेका थिए ।