नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ ।
आज शुक्रबार छापावाला सुनको मुल्य ५ सय रुपैयाँले घटेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापाबाला सुन प्रतितोला ९१ हजारमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य ९० हजार ६५ रुपैयामा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदी भने हिजोको तुलनामा १० रुपैयाले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भएको छ ।