नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक संक्रमित संख्या हो ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार १ सय ४३ जना निको भएर घर फर्किएका छन् ।
आज मात्रै कोरोनालाई जितेर ८२३ जना घर फर्किएका छन् ।