कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ ।
छाती दुखेपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको कोरोनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
अस्पताल भर्ना भएका ती वृद्धको आइसोलेसनमा राखेर उपचार गरिरहेका बेला असार १७ गते मृत्यु भएको र उनमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
ती वृद्ध उच्च रक्तचाप र पार्किन्स रोगबाट ग्रसित थिए । योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।