मोरङको जहदा गाउँपालिका-३ मा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १ बजेतिर स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका १८ वबर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
रिक्कीको पोखरीमा नै मृत्यु भएको र दिनेशलाई स्थानीयले उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।