logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


अंकुरण खबर
715
Shares

हरिनगर गाउँपालिका-१ गौतमपुर बस्ने ४३ वर्षीया रसिदा खातुनको हत्या भएको घटनामा संलग्न रही फरार रहेको अभियोगमा मृतककै श्रीमान स्तुर भन्ने स्तुल मियाँ पक्राउ परेका छन् ।

२०७६ अषाढ ९ गते रसिदा खातुनको मृत्यु भएको र सोही मितिबाट नै स्तुल मियाँ घरबाट भागी फरार भएको कारण आवश्यक अनुसन्धानको लागि प्रहरी प्रतिवेदन अनुसार स्तुल मियाँको नाममा जिल्ला अदालत सुनसरी इनरुवाबाट २०७६ चैत्र ३ गते पक्राउ पुर्जी जारी भएको थियो ।

निज स्तुलको खोजतलास गर्ने क्रममा आफै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भएको हुँदा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।